धरान(डेस्क) : विहीबार इटहरी उपमहानगरपालिकाका कार्यालय परिसर बाहिर कर्मचारीहरुको बाक्लो भिड लागेको छ ।

इटहरी उपमहानगरपालिका भरिकै कर्मचारीहरु अहिले कार्यालय नै नखोलि नगर परिसर बाहिर आन्दोलन गर्ने तयारीमा छन् । इटहरकिा मेयर द्वारिकलाल चौधरी भने कार्यालय नआइपुगेको कपुरीकर्मी विवेक विवश रेग्मीले टेलिफोन सम्पर्कमा जानकारी दिए । कार्यालय परिसर बाहिर कर्मचारीको बाक्लो भिड लागेपछि सुरक्षाका लागि शसस्त्र प्रहरी खटिएको रेग्मीले जानकारी दिए । कार्यालय नखुल्दा सेवाग्राहीहरु मर्कामा परेका छन् ।

उपमहानगरपालिकाका मेयर चौधरीले इटहरी १९ का वडासचिव मनोज दाहाल र उपमहानगरपालिकाका सब ओभरसियर राम खड्कामाथि हातपात गरेपछि तनाव सृजना भएको हो । साथै मेयर चौधरीले पत्रकारमाथि पनि अभद्र व्यवहार गरेका थिए ।