धरान: धरान १२ स्थित एम्स एकेडेमी (+2) मा स्काउटको पहिलो दीक्षान्त कार्यक्रम सम्पन्न भएको छ ।

एम्स एकेडेमीका प्रिन्सिपल मित्र तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल स्काउटका पूर्व राष्ट्रिय सचिव वासुदेव भण्डारी रहेका थिए । कार्यक्रममा १२ जना रोभर/रेन्जरहरुलाई दीक्षा प्रदान गरिएको थियो । प्रमुख अतिथि, जिल्ला तालिम आयुक्त हरिकृष्ण श्रेष्ठ, जिल्ला समन्वय आयुक्त लक्ष्मण राई, जिल्ला संगठन आयुक्त ज्ञानु श्रेष्ठ, रोभर शोभितमान कुँवरले दीक्षित स्काउटहरुलाई ब्याज तथा स्कार्फ वितरण गरिएको थियो ।

सुनसरी जिल्लामा कलेज तहमा रोभर/रेन्जर (१६ देखि २५ बर्ष उमेर समूह) कक्षा संन्चालन पहिलो पटक एम्स एकेडेमीमा सुरु भएको कलेजका निर्देशक अनुप योन्जनले बताए । यसैबीच, कार्यक्रममा यही जेठ १७ देखि २१ गतेसम्म पोखरामा हुने एतिहासिक रोभर मुटमा जाने ७ स्काउट बिद्यार्थीहरुलाई विदाई समेत गरिएको छ । कक्षा ११ का बविता गुरुङ, नमु राई, खुस्बु कार्की, मेघा न्यौपाने, साइसा शाक्य, निकिता गजमेर र कक्षा १२ की अम्विका ढकाल तथा स्काउटर एवम् क्याम्पस प्रमुख हेमन्त भण्डारी त्यसतर्फ जान लागेका छन् ।