काठमाडौं : रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको तयारी तीव्र पारिएको छ ।

सन् २०१९ को भाषा परीक्षा यही जेठ २५ र २६ गते हुँदैछ । परीक्षार्थीको सजिलोका लागि ३२ वटा परीक्षा केन्द्र तोकिएको एपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए ।

उनका अनुसार काठमाडौंमा २१, ललितपुरमा सात र पोखरामा चारवटा परीक्षा केन्द्र तोकिएको छ । आवेदकको परीक्षा केन्द्रबारे जेठ १९ गते विस्तृत विवरण प्रकाशित गरिने शाखाले जनाएको छ ।

–नागरिक दैनिकबाट