भारतीय लोकसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । अब १९ सिटको नतिजा आउन बाँकी रहँदा भारतीय जनता पार्टी (भाजपा) ले भारी बहुमत ल्याएको छ ।

सो पार्टीले ३४५ सिटमा जित हासिल गर्नुका साथै थप ८ स्थानमा अग्रता कायमै बनाएको छ । यस्तै काँग्रेसले ९६ स्थानमा मात्रै जित हासिल गरेको छ । उसको कुनै स्थानमा अग्रता देखिँदैन ।
यसैगरी समाजवादी पार्टी र बहुजन समाज पार्टीको गठबन्धनले १५ सिट जितेको छ भने तृणमुलले २२ सिटमा जित दर्ता गराएको छ ।