धरान: धरान बर्ष खेलाडी २०७५ बाट प्रतिभाशाली युवा गल्फ खेलाडी शुक्रबहादुर राई पुरस्कृत भएका छन् भने उत्कृष्ट पुर्वखेलाडी सम्मानबाट टेवलटेनिसकी पुर्वअन्तराष्ट्रिय खेलाडी गीता थापा मगर सम्मानित भएकी छिन् ।

दुवैलाई धरान उपमहानगरपालिकाअन्र्तगतको नगर खेलकुद विकास समितिले शुक्रबार धरान बर्ष खेलाडी घोषणा गर्दै पुरस्कार एवं सम्मान प्रदान गरेको हो । धरानका खेलाडीले २०७५ सालभरि आफ्नो खेलविधामा नगर, जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा गरेको प्रर्दशन र उपलब्धीहरुको आधारमा बर्ष खेलाडी पुरस्कार दिइएको हो । बर्ष खेलाडी पुरस्कारबाट २१ बर्षीय युवा गल्फर शुक्रले नगद १ लाखसँगै सम्मान पत्र र ट्रफी प्राप्त गरे भने पुर्वखेलाडी सम्मानबाट टेवलटेनिसकी पुर्वखेलाडी गीताले नगद ५० हजार, ट्रफी र सम्मान पत्र प्राप्त गरिन् । थापालाई सम्मान पत्र प्रदान गर्दै धरानकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले आगामी साउन १ गतेदेखि लागु हुने गरी प्रशिक्षक पदमा नियुक्ती दिने पनि घोषणा गरिन् ।

IMG_7535

प्रतिभाशाली खेलाडीहरुलाई प्रोत्साहन दिलाउन र पुर्वखेलाडीहरुको योगदानको कदर गर्न नगर खेलकुद विकास समितिले धरान बर्ष खेलाडी घोषण कार्यक्रम आयोजना गरेको हो । स्थानीय तहमा जनप्रतिनिधि आएपछि गत बर्षदेखि यो कार्यक्रम शुरुवात भएको हो । पहिलो बर्ष एक जना युवा खेलाडी फुटबलका रोमन लिम्बू मात्र पुरस्कृत भएका थिए । यो बर्षदेखि भने पुर्वखेलाडीलाई पनि अनसिन हिरो अफ धरान नाम दिएर नगद ५० हजारसहित सम्मान कार्यक्रम थप गरिएको हो ।

पुरस्कृत गल्फर शुक्रबहादुर राई नेपालको एमेच्योर गल्फरतर्फ नम्बर वान खेलाडी हुन् । यो सिजनमा सुर्य नेपाल इष्टर्न ओपन २०१८÷०१८ मा नेपालकै नम्वर वान गल्फर शिवराम श्रेष्ठलाई पनि पछि पार्दै उनले धरानको निर्वाणा गल्फ कोर्षमा एमेच्योर र प्रोफेस्नलकै उपाधि ट्रफी उचालेका थिए भने गत साता मात्र काठमाण्डौंमा सम्पन्न सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा पनि एमेच्योर र प्रोफेस्नल दुवैको उपाधि उनले नै जितेर नयाँ रेकर्ड बनाएका थिए । एउटै सिजनमा २ वटा प्रतियोगिताको एमेच्योर र प्रोफेस्नल स्पर्धाको उपाधि ट्रफी जित्ने खेलाडी शुक्र मात्र हुन् ।

IMG_7544

यस्तै, टेवलटेनिसकी पुर्वखेलाडी ४० बर्षीय गीता थापा मगरले २०५१ सालदेखि ०६८ सालसम्म निरन्तर राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगिताहरुमा भाग लिएकी थिइन् । उनले नेपालको लागि थुप्रै अन्र्तराष्ट्रिय पद जितेकी छिन् । सातौ साफ गेममा टिम इभेन्टमा चौथो भएकी उनले ८ औं, ९ औ र १० औं साफमा २÷२ वटा काँस्य पदक जितेकी थिइन् भने ११ औं मा १ वटा काँस्य पदक जितेकी थिइन् । यस्तै, एसियन गेम्समा पनि सहभागीता जनाएकी उनले भुटानमा आयोजित आमन्त्रण प्रतियोगितामा स्वर्ण र वंगलादेशको सिल्भर जुब्ली इन्डेपेन्डेन्स प्रतियोगितामा २ स्वर्ण पनि जितेकी थिइन् ।

खेलाडीलाई उत्साह दिलाउन पुरस्कार: कार्यवाहक मेयर

IMG_7526

कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले खेलकुद क्षेत्र र खेलाडीहरुमा उत्साह जगाउनको लागि धरान बर्ष खेलाडी पुरस्कार र पुर्वखेलाडी सम्मान कार्यक्रम राखिएको बताइन् । खेलाडीहरुले देशको गौरव बढाउने र उनीहरुले गर्ने मेहनतको अघि यो पुरस्कार राशी एकदमै न्युन भएको पनि उनले बताइन् । खेलक्षेत्रमा भविष्य छ भन्ने सन्देश युवा खेलाडीहरुमा पुर्याउन र देशले पनि सम्झन्छ भन्ने भावनाको विकास गरेर खेलक्षेत्रलाई व्यवसायिक बनाउन यो पुरस्कार कार्यक्रमले टेवा पुग्ने उनले बताइन् । कार्यक्रममा एन्फाका वरिष्ठ मानार्थ उपाध्यक्ष किसोर राई, बास्केटवल संघका केन्द्रीय उपाध्यक्ष सुरज लामा, नेकपाका नेता नारायण सुवेदीले पनि यो कार्यक्रमले खेलाडीहरुलाई थप उर्जा मिल्ने धारणा राखेका थिए ।