धरान: केही दिनअघि सार्वजनिक लेखा समितिमा नेकपाका सांसद अमनलाल मोदी र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच चर्काचर्की पर्यो । मोदीले कुलमानलाई भ्रष्टचार गरेको र दम्भ बढेको जस्ता आरोप लगाए भने कुलमानले पनि प्रमाण देखाए झुण्डिन तयार छुँ भन्दै जवाफ फर्काए । साथै, उनले मोरङमा सबस्टेशन विस्तारमा मोदीले अवरोध गरेको भन्दै सांसद भन्दैमा जथाभावी बोल्न नमिल्ने पनि बताए ।

सांसद मोदी र घिसिङबीचको यो चर्काचर्की सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरुमा छायो । यो प्रकरण बाहिरिएपछि सांसद मोदीविरुद्ध सामाजिक सञ्जाल छायो । नेपाललाई लोडसेडिङ मुक्त बनाउने अभियानको नेतृत्व गरिरहेका घिसिङलाई अनावश्यक लाञ्छना लगाउने र काम गर्न नदिने भन्दै मोदीको चर्को आलोचना भइरहेको छ । यसरी आलोचना गर्नेमा सर्वसाधारणहरु मात्र छैनन्, नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट तथा अभिनेता विजय लामा पनि छन् ।

पाइलट लामाले आज फेसबुकमा घिसिङसँगको भेटको तस्बिर पोष्ट गर्दै सांसद मोदीलाई भ्रष्टचार गरेको प्रमाण पेश गर्न चुनौती दिएका छन् । विना प्रमाण सांसद मोदीले बेकम्फुसे कुरा गरेर नेपालको विकासमा अर्गेलो बन्न खोजेको पनि उनले बताएका छन् । पाइलट लामाको फेसबुक स्टाटस यहाँ जस्ताको तस्तै राखिएको छ:

'हाम्रो देशमा सुनेको भरमा, कुनै तथ्य बिना, समाचार या बिना प्रमाण आरोप लगाउने चलन धेरै बडेको छ यो समय!!! अझै भन्ने हो भने सन्सनी पुर्ण समाचार नै बनाएर आफू हिरो बन्न आतुर भएको पनि पाइन्छ जताततै !!

माननीय अमनलाल मोदिले कुलमानजीलाई पनि कतै त्यस्तै गरेको त होइनरु कति सम्म अबुझ कुरा गर्नु भएको त्यत्रो जन प्रतिनिधि भएर तपाईं मोदि जिरु जब कुलमानजी ले भ्रष्टाचार गरेको छैन भन्दा पनि तपाईं आरोप लगाउदै बसि रहनेरु कता छ तपाइको मा प्रमाणहरुरु निकाली दिनुस । हामी नै लाग्ने छौ कुलमान जिलाई कार्बाही गराउनको लागि ! नत्र म सङ छ, समय आए पछि दिउला, देशको ९ अरब निकालुला, कार्बाही गरौला भन्ने जस्तो हावादारी गफ नगर्दा राम्रो होला किरु आफ्नो ओहोदाको पनि मान राख्नु पर्ला कि?

प्रमाण लिएर आउनुस न त्यस्ता बकम्फुसे कुरा गर्नु भन्दा ! नेपालको बिकाशमा किन अर्गेलो बन्न खोज्नु हुन्छ तपाईं जस्ताहरुरु किन हिरो बन्न खोज्नु भएकोरु हेर्नुस मित्र मोदि । एउटा संबेदनसिल ठाउमा र स्थान हुनुहुन्छ र त्यस्को गरिमाको पनि खयाल गर्दिनु होला ! नेता जनता भन्दा माथी छौ भन्ने सोच नराख्नु होला !!! तपाइहरुलाइ जनताले सहि काम कुरा गर्न जिताएका हुन नकि यस्तो सहि काम गरेर अहोरात्र खटेर इमानदारी पुर्बक काम गर्ने हरुलाइ नाजायज आरोप लगाएर बिकाश लाई ठप्प पार्नलाइ !'