धरान(डेस्क) : नेपाल प्रेस युनियन धरानको बिहीबार शुक्रान्त राईको अध्यक्षमा ९ सदसीय नगर समन्वय समिति संगठन भएको छ ।

उक्त प्रेस युनियन धरान समन्वय समितिको गठन प्रेस यूनियन सुनसरी जिल्ला अध्यक्ष धन बहादुर पुरीको उपस्थितिमा भएको हो । यसैगरी उपाध्यक्षमा पारस “पारुहाङ” राई, सचिव मात्रिका प्रसाद नेपाल, कोषाध्यक्षमा दिलिप रिनोहाङ राई रहेका छन् भने सदस्यहरुमा लक्ष्मण थापा, सांगेन राई, शान्त दाहाल निरौला, संगिता राई र जुली विश्वकर्मा रहेका छन् ।

यस्तै सल्लाहकारमा हर्ष शुब्बा, हिमाल राई, बाशुदेव बराल र सन्दीप राई रहेका छन् । कार्यक्रममा नगर सभापति तिलक राई, क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, नगर सचिव श्याम पोखरेल लगायत नेपाली कांग्रेसका कार्यकर्ताहरुले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।