धरान(डेस्क) : भोजपुरको पौवादुम्मा गाँउपालिका ३ च्याङ्ग्रेमा धारीलो हतियार प्रहार गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो ३ बजेको समयमा ४२ वर्षीय कुमार श्रेष्ठले आफ्नै भान्जी बुहारी पर्ने २८ वर्षीय मनिकला शाक्य र १७ वर्षीय भद्रिका राईलाई घरमै गएर धारिलो हतियार (बाम्फोक) ले प्रहार गरेका थिए ।
घटनाबारे जानकारी पाउनासाथ अस्थायी प्रहरी चौकी च्याङ्ग्रेबाट प्रहरीको टोली खटिनुका साथै ईलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङबाट खटिएको प्रहरीको टोलीले कुमार श्रेष्ठलाई धारिलो हतियार सहित पक्राउ गरको थियो ।
धारीलो हतियार प्रहारबाट भद्रिका राईको गाला र हातको औलामा चोट लागि स्थानिय मेडिकलमा उपचार भइरहेको छ भने मनिकला शाक्यको टाउको, हातको औलामा चोट लागेकोले स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात साझँ साढे ५ बजेको समयमा थप उपचारको लागि बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको उक्त कार्यालयले जनाएको छ ।