पथरी : मोरङ्गको पथरीशनिश्चरे स्थित डाँस खोलामा बाँध बाधिने भएपछि स्थानियबासी हर्षित भएका छन् ।

सिचाइ मन्त्रालय अन्तरगतको जल उत्पन्न प्रकोप विभागबाट ४२ लाखको बजेटमा सो बाँध बनिने भएपछि खोला नियन्त्रणका लागी पहल थालिएको हो । शनिबार डाँस खोलामा सो तटबन्धनको शिलान्यास गरिएको हो ।
जिरीखीम्ती तर्फको १ सय ४२ मिटरमा ६ मिटरको लजिङ्ग जाली लगाएर खोला नियन्त्रण गरिने उपभोक्ता समितीका सचिव दिपेन्द्र दहालले जानकारी दिए । नेपाली काग्रेसका क्षेत्रीय सभापती गणेश खडका, वडा अध्यक्ष सागर राईले सो तटबन्धन कार्यको शुभारम्भ गरेका हुन् । सो तटबन्धन निर्माण सम्पन्न भएपछि
पथरीशनिश्चरे १० जिरिखिम्तीका २७ घर डाँस खोलाको बाढीको त्रासबाट मुक्त हुनेछन् ।