धरान(डेस्क) : नेपाली काँग्रेसको देशव्यापी जागरण अभियान अन्तर्गत शनिबार आज धरान उपमहानगरपालिका वडा नं. १५ स्थित श्याम चोकमा आयोजित जागरण अभियानमा ९ जनाले पार्टी प्रवेश गरेकोछ ।

पार्टी प्रवेश गर्नेहरुलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्व अर्थ मन्त्री महेश आचार्यले रातो टीका र खदा लगाएर सम्मानका साथ स्वागत गरेका थिए । आचार्यले सो अबसरमा बोल्दै भने, “मिडीया काउन्सिल विधेयक सरकारले फिर्ता नगरे कांग्रेसले सडक देखि सदन सम्म आन्दोलन गर्ने छ ।”

15-k

यसैगरी पार्टी प्रवेश गर्नेहरुमा राजन तामाङ, फुल माँया तामाङ, नर बहादुर मगर, कल्पना चाहार, कमला नेपाल, नर माँया प्रधान र रुविन प्रधान रहेका छन् ।
जागरणअभियान कार्यक्रममा प्रमुख वक्ता नेकाका केन्द्रीय सदस्य एवं पुर्व अर्थमन्त्री महेश आचार्य रहेका थिए । कार्यक्रममा स्वागत मन्तव्य सोही वडाका बुथ अध्यक्ष गणेश लिम्बुले गरेको थियोे भने नेकाका नगर अध्यक्ष तिलक राईले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति एवं १ नं. प्रदेशका सभासद राजिव कोईराला, सभासद चन्द्र प्रसाद श्रेष्ठ, सुनसरी जिल्ला सचिव सुजेन्द्र तामाङ क्षेत्रिय अध्यक्ष सुरेशमान श्रेष्ठ जिल्ला सदस्य निरु गिरिको उपस्थिति रहेको थियो । कार्यक्रम सँचालन भने सुनसरी क्षेत्र नं. १ का सचिव मुरारी भट्टराईले गरेका थिए ।
तस्बिर : एल थापा