ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “इटहरीमा भ्रष्टाचार छानबिन गर्न माग” शीर्षकको समाचार छापिएको छ । इटहरी उपमहानगरपालिकामा भएका भ्रष्टाचार छानबिन गर्न नेपाली कांगे्रस इटहरीले माग गरेको छ । कांग्रेसले उपमहानगरपालिकाभित्र भइरहेको भ्रष्टाचारको भण्डाफोर अभियान चलाउने भएको छ । कांग्रेसले शनिबार पत्रकार सम्मेलन गर्दै कर्मचारीहरुले जनतालाई दुःख दिइरहेकोले तत्काल छानबिन समिति बनाउन इटहरी उपमहानगरपालिकालाई माग गरेको छ । नेपाली कांग्रेस इटहरीका सभापति हेमकर्ण पौडेलले इटहरीको भ्रष्टाचारको विषयमा छानबिन नगरेसम्म कांग्रेसले भ्रष्टाचार विरोधी अभियान चलाउने बताए । इटहरीका मेयरको हर्कतविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रनेसमेत चेतावनी दिए ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “सर्पको बिगबिगी” शीर्षकको समाचार छापिएको छ । उदयपुरको बेलसोतमा सर्पको टोकाइबाट वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा कटारी नगरपालिका–१ स्थित बेलसोत घर भएकी ६५ वर्षीया सन्तमाया विश्वकर्मा छिन्।
शुक्रबार साँझ ७ बजेको समयमा घरको आँगनमा विकलाई सर्पले टोकेको थियो। उनलाई विषालु सर्प गोमनले टोकेको प्रत्यक्षदर्शीले बताए। सर्पले टोकेको केही समयपछि उनलाई कटारीस्थित बेलस्रोत आर्मी क्याम्पको सर्पदंश उपचार केन्द्रमा उपचारमा र्पुयाइएको थियो। उपचार केन्द्रले विकको अवस्था गम्भीर भएकाले अन्यत्र उपचारका लागि लैजान सुझाव दिएको मृतकका छोरी बुद्वमाया विकले जानकारी दिइन्। छोरी विक कटारी नगरपालिका १ को वडा सदस्यसमेत हुन्। थप उपचारका लागि आर्मी क्याम्पमा रहेको सर्पदंश उपचार केन्द्र लैजाने क्रमममा उनको बाटैमा मृत्यु भएको थियो। अघिल्लो वर्ष पनि कटारी क्षेत्रमा सर्पको टोकाइबाट चारजनाको मृत्यु भएको थियो।

उद्घोष : आजको उद्घोष दैनिकमा “मिक्लाजुङ हत्याकाण्डः माखिमको घरमा रगत लागेको टिसर्ट र डोरी भेटियो” शीर्षकको समाचार छापिएको छ । नौ जनाको मृत्यु भएको आरुबोटे हत्याकाण्डको अनुसन्धान गरिरहेको प्रहरीले थप प्रमाण फेला परेको छ । अनुसन्धानको क्रममा प्रहरीले आत्महत्या गरेका मानबहादुर माखिमको घरमा रगत लागेको टिसर्ट र डोरी फेला परेको हो । पाँचथर प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार मिक्लाजुङ ७ लिम्बास्थित मानबहादुरको घरबाटरगत लागेको एउटा टिसर्ट र उनले आत्महत्या गर्द प्रयषेग गरेको जस्तै डोरी भेटिएको हो । त्यस्तै मानबहादुरले आत्महत्या गरेको स्थानमा पनि एउटा एनसेलको सिमकार्ड फेला परेको छ । उक्त सिमकार्ड मानबहादुरले नै प्रयोग गरेको हा की होइन त्यो भने यकिन हुन बाँकी रहेको प्रहरी प्रवक्ता पौडेलले बताए ।