धरान: १ नं प्रदेश सरकारले धरानलाई प्रदेशकै स्पोर्टस् र टुरिज्म सिटि बनाउने भएको छ । प्रदेश सरकारले विभिन्न नगर तथा गाउँपालिका समेटेर ल्याएको वृहत विराट क्षेत्र विकासअन्र्तत धरान पनि छ ।

वृहतविराट क्षेत्रअन्र्तगतको धरानलाई प्रदेश सरकारले खेलकुद र पर्यटकीय सहरकोरुपमा विकास गर्ने मुख्यमन्त्री शेरधन राईले जानकारी दिएका छन् । उनका अनुसार भएको सहरलाई व्यवस्थित, सुन्दर र आकर्षक बनाउने अवधारणा अनुसार वृहत विराट क्षेत्र विकासको ऐन ल्याइएको हो । सोहीअनुसार धरानलाई प्रदेशकै पर्यटनको केन्द्र र खेलकुदको सहर बनाउने सरकारको सोच रहेको पनि मुख्यमन्त्री राईले बताएका हुन् । धरान १५, खोरिया वस्तीस्थित हाल निर्माणाधिन भक्तराज कन्दङ्वा क्रिकेट खेल मैदानको शनिबार अवलोकन गर्दै मुख्यमन्त्री राईले धरानेहरुलाई यस्तो आवश्वासन दिलाएका हुन् ।

उनले वृहत विराट क्षेत्रमा समेटिएका गाउँ तथा नगरपालिकाहरुलाई स्याटेलाइट सिटि, टुरिज्म सिटि, स्पोर्टस् सिटि, स्मार्ट सिटि बनाउने परिकल्पना भएको बताए । सोही अनुसार नै धरान खेलकुद र पर्यटकीय सहर बनाउने प्रदेश सरकारको लक्ष्य हो । धरानलाई पर्यटन र खेलकुदको केन्द्र बनाउन आगामी नीति, कार्यक्रम तथा बजेटमा नै सम्बोधन हुने पनि बताए । ‘धरान प्रदेशकै महत्वपुर्ण केन्द्र हो । धरानलाई स्मार्ट सिटिमा रुपान्तरण गर्न विज्ञहरुसँग परामर्श गछौं । पर्यटनको केन्द्र बनाउन नीति,कार्यक्रम तर्जुमा गरेर आगामी बजेटमा फोकस गछौं,’मुख्यमन्त्री राईले भने,‘खेलकुदको पनि हब बनाउने सोच छ । वृहत विराट क्षेत्रअन्र्तगत धरानलाई टुरिज्म र स्पोर्ट्स सिटि बनाउछौं ।’

धरान प्रदेशकै महत्वपुर्ण सहर भएको धारणा राख्दै मुख्यमन्त्री राईले नयाँढंगबाट कसरी धरानको विकास गर्न सकिन्छ भनेर विज्ञहरुसँग छलफल गर्ने पनि बताए । धरानलाई स्मार्ट सिटिमा रुपान्तरण गर्ने आफ्नो सोच भएको पनि उनको भनाई थियो ।