धरान: टप युनिर्भसल एकेडमीले विद्यार्थीहरुको व्यक्तित्व तथा अन्तरनिहित क्षमता विकास गर्ने उद्देश्यले दुई दिने क्विज कार्यक्रम आयोजना गरेको छ ।

शनिबार समिट सेकेडरी स्कुलको प्राङगणमा भएको क्विजको फाइनलमा ७५ अंक जोड्दै व्यवस्थापन संकायका एरीना राई, निराजन सिह, रोहन साह, सुदिन ताम्राकार र कुशल बस्नेतको टिम विजयी भएको छ । यस्तै, ६५ अंक जोड्दै विज्ञान संकायका विधार्थी मेलिना राई, सदिक्षा लिम्बु, अनमोल गातम, भिषण माझी र अमित योन्जनको समुह दोश्रो भयो भने ५५ अंक जोड्दै नर्सिङ संकायका विद्यार्थी स्नेहा राई, केडिना कटुवाद, सजना गुरूङ, अमिशा पुरी र युमा राईको समुह तेश्रो भयो । विजेता सबै टप युनिभर्सलमा ब्रिज कोर्ष गरिरहेका छन् ।

शुक्रबार भएको पहिलो चरणमा विज्ञान संकायका ३ टिम, नर्सिङ संकायका २ टिम र व्यवस्थापन संकायको १ टिम गरी जम्मा छ टिम सहभागी भएको थियो । फाईनलमा विज्ञान संकायको अर्को टिम गरी जम्मा ४ थिए । विजेताहरूलाई विदाइका बेला पुरस्कार वितरण गरीने युनिभर्सल एकेडेमीका अध्यक्ष प्रकाश लकान्द्रीले बताए । कार्यक्रममा समिट स्कुलका प्रिन्सिपल रमेश दाहाल, उज्यालो एडमटाइजिङका अध्यक्ष मातृका नेपाल, शिक्षक श्रीजंग राईलगायतको उपस्थिती रहेको थियो ।

धरान रनका धावकहरुलाई टिसर्ट प्रदान

IMG_8082

टप युनिर्भसल एकेडमीले शनिबार धरान रनका ४ जना धावहरूलाई टिसर्ट प्रदान गरेको छ । हरेक शनिबार हुने रनमा सहभागी भई २० हप्ता पुरा गरेको ३ धावक र ५० हप्ता पुरा गरेको १ धावकलाई धरान रनको टिसर्ट प्रदान गरीएको हो । टपको प्रायोजनमा तयार भएको टिसर्टलाई अध्यक्ष प्रकाश लकान्द्रीले प्रदान गरेका थिए ।
यस्तै, बीपी प्रतिष्ठानका डा. सन्तोष चौधरीले जुत्ता आवश्यक परेका २ जना धावकलाई सोही कार्यक्रममा जुत्ता समेत प्रदान गरे । डा.चौधरीले जुत्ता आवश्यक परेका धावकलाई हरेक हप्ता २ जोर जुत्ता उपलब्ध गराउँदै आएको धरान रनका अध्यक्ष रमु राईले बताए ।