धरान(डेस्क) : पाँचथरको फिदिम नगरपालिका २ जमुने खोल्सी भन्ने स्थानमा शनिबार राती आगलागी हुँदा अन्दाजी २१ लाख मूल्य बराबरको क्षति भएको छ ।

राती पौने १ बजे फिदिम नगरपालिका ४ बस्ने दिपेन श्रेष्ठको गाडी ग्यारेजमा विद्युत सर्ट भई वेल्डिङ गर्ने सिलिण्डर पड्किएर आगलागी भएको थियो । आगलागीबाट ग्यारेजको टहरा, मर्मतका पार्टपुर्जा, वेल्डिङ सिलिण्डर थान १, मर्मतको लागि राखिएको ट्याक्सी थान १ र सोही ग्यारेजको पुरानो मारुती भ्यान थान १ पूर्ण रुपमा जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो ।

वेल्डिङको सिलिण्डर पड्किएर तेह्रथुमको आठराई गाउँपालिका ४ वस्ने वर्ष १७ को सुनिल गहतराज घाइते भई उपचारको लागि पाँचथर जिल्ला अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उक्त आगलागी दमकल प्रहरी र स्थानीयवासीको सहयोगमा राती सवा १ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको उक्त कार्यालयलले जनाएको छ ।