विराटनगर : प्रदेश १ संसदको चौथो तथा बजेट अधिवेशन आज सोमबार सुरु हुँदैछ ।

प्रदेशसभा सचिवालयका अनुसार यो अधिवेशनले सरकारको नीति तथा कार्यक्रम र बजेट निर्धारण गर्नेछ । अधिवेशनको पहिलो वैठकमा पूर्व बजेट प्रस्ताब टेबल हुने प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए ।

आइतबार बसेको कार्यव्यवस्था समितिको बैठकले अधिवेशनको पहिलो बैठकको कार्यसुची तय गरेको छ । जसनुसार सोमबार प्रदेश प्रमुखबाट अधिवेशन आह्वान भएको पत्र वाचन हुने, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नितीहरुसहितको पूर्व बजेट प्रस्ताव टेबल गर्ने कार्यसुची छ । -नागरिक पूर्वेली दैनिकबाट