पथरी : कोरियाको ‘इन्चन’ बजार र पथरीशनिश्चरेबीच भगिनी सम्बन्धका लागी पहल थालिएको छ ।

यसैक्रममा कोरियाली टोली आइतबार पथरीशनिश्चरे आएको छ । कोरियाली अधिकारी मिस्टर गिलो सङको अगुवाईमा एनके प्यानलका प्रेसिडेन्ट डीएल नेम्वाङ, मयानेजिङ डाइरेक्टर भीम सम्वाहाम्फे सहितको टोलीले पथरी शनिश्चरे नगरपालिकामा भागिनी सम्बन्ध स्थापितका लागी छलफल सुरु गरेको नगरपालिकाले जनाएको छ । नगर प्रमुख दिलिपकुमार राईले नगर क्षेत्रमा दर्जन बढी सिमासार बन्ने क्रममा रहेको जनाउँदै वन सहितको सिमसार पर्यटनले नगरको चिनारी झल्काउन सहयोगीहरुसँग सहकार्यका लागि नगरपालिका तयार रहेको बताए ।

टोलीले नगरको मनोरञ्जन सहितको पर्यटन क्षेत्रको सम्भाव्यता बारेमा अवलोकन गरी त्यहाँको सरकारसँग प्रतिवेदन पेश गर्ने टोली सदस्य भीम सम्वाहाम्फेले बताए । कोरियाली टोलीले नगरको मनोरञ्जन सहितको पर्यटन क्षेत्रको सम्भाव्यता बारेमा अवलोकन गरी त्यहाँको सरकारसँग प्रतिवेदन पेश गर्ने टोली सदस्य भीम सम्वाहाम्फेले बताए ।

यसै क्रममा टोलीले पथरीशनिश्चरेको शान्ती भुल्के सिमसारको अवलोकन समेत गरेको छ ।