झापा: झापाको दमक नगरपालिका वडा नं ७ र ८ को सिमानामा पर्ने रतुवा पुलमा पनि आज बम फेला परेको छ ।
रतुवा पुलमा प्रेसर कुकर बम फेला परेपछि करिब २ घण्टा यता पुर्वपश्चिम राजमार्ग अवरुद्ध छ । प्रेसर कुकर बमलाई चारआलीबाट आएको नेपाली सेनाको टोलीले डिस्पोज गर्ने प्रयास गरिरहेको छ । बम फेला परेपछि राजमार्ग अवरुद्ध हुदा सवारीसाधानहरु जाममा परेको छ ।

आज नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द आह्वान गरेको छ । बिहानैदेखि विभिन्न ठाउँमा शंकास्पद वस्तु तथा बमहरु फेला पर्ने क्रम जारी छ । विप्लवको बन्द आह्वन भएपनि झापामा लामो दुरीकाबाहेक अन्य सवारीसाधनहरु चलेका छन् । यस्तै, रतुवा पुलबाहेक झापाको गौरदहस्थित नवनिर्मित ट्राफिक भवन नजिकै पनि शंकास्पद वस्तु फेला परेको छ । उक्त बस्तु बम हो कि होइन भन्ने पुष्टि भइसकेको छैन ।