धरान: धरानमा लामखुट्टेबाट हुने डेंगुको प्रकोप नियन्त्रणका लागि ९८ फायर गरिएको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामबाबु यादवका अनुसार धरानमा डेंगुको प्रकोप देखिए पछि नियन्त्रणका लागि धुवा उडाउने फगिङ गर्न ९८ फायर गरिएको हो । त्यति संख्यामा फायर गर्न करिव १ लाख ७० हजार रुपैया खर्चभएको पनि उनले जानकारी दिएका छन् ।

बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरेर धरान उपमहानगरपालिकाले डेंगु प्रभावित क्षेत्रमा फगिङ गर्दै आएको छ । हालसम्म धरानको वडा नं. १५, ७, ३, २ र ९ का केही भागमा फगिङ गरिएको छ । धरानमा पछिल्लो समय २२ जनामा डेंगु संक्रमण भएको अस्पतालले पुष्टि गरेको छ । पछिल्लो जानकारी अनुसार थप तीन जनामा डेंगुको आशंका गरिएको यादवले बताए ।