धरान  : एनआईसि एसिया बैंकले धरानमा थप नयाँ शाखा खोलेको छ ।

धरानको बुद्ध चौकमा रहेको नयाँ शाखाको बैंकका सञ्चालक विनोद कुमार पोखरेलले उद्घाटन गरे । धरानका ग्राहकलाई थप सरल तवरले सेवा प्रदान गर्ने उदेश्यले धरानमा थप शाखा खोलिएको बैंकले जनाएको छ ।

NIC ASIA

बैंकले आज नै विराटनगरको रानी मिल्स एरियामा रहेको शाखाको पनी उद्घाटन गरेको छ । ग्रामिण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई क्रममा आफ्ना नयाँ शाखाहरु विस्तार गरीएको बैंकले जनाएको छ । हाल २८४ शाखा, २८९ एटिम , ४१ एक्सटेन्सन काउण्टर र २८ वटा शाखा रहीत बैंकिङ एकाईवाट १६ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरीरहेको बैंकले जनाएको छ ।