धरानः सोमबार साँझ धरान १३ जानकी चोकमा एक व्यक्तिले आफ्नै श्रीमतिलाई छुरा प्रहार गरी गम्भीर घाइते बनाए । यो खबर थाह पाएलगत्तै जानकी टोल सुधार समितिका सदस्यहरुले ती व्यक्तिलाई नियन्त्रणमा लिए । त्यसपछि प्रहरीलाई बोलाएर जिम्मा लगाए ।

श्रीमतिलाई छुरा प्रहार गर्ने हेमचन्द्र लिम्बू हुन् । उनलाई टोल सुधारका सदस्यहरुले छुरासहित नियन्त्रणमा लिएको थियो । उनलाई त्यसरी नियन्त्रण नगरेको भए अझै ठुलो घटना हुनसक्थ्यो । छुरा प्रहारबाट गम्भीर घाइते बनेकी ३२ बर्षीय ललिता लिम्बूको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । उनीहरु श्याम ढकालको घरमा डेरा गरी बसेका थिए । श्रीमति ललिताको ढाड र छातीमा छुरा प्रहार भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार ललिताका श्रीमान् भने स्थायी घर म्याङलुङमै बस्दै आएका थिए । सोमबार पसलमा सामान खरीद गर्न निस्कदा एक्कासी हेमचन्दले छुरा प्रहार गरेको बताइएको छ । किन्न निस्किँदा उनीमाथि श्रीमान् हेमचन्द्रले एक्कासी छुरा हानेका थिए । छुरा प्रहार गर्नुको कारण थप अनुसन्धानबाट खुल्ने प्रहरीको भनाई छ । दुवैको सम्बन्ध बिग्रिएपछि यो घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।