धरान(डेस्क) : मे २८ अर्थात् अन्तर्रा्ष्ट्रिय महिनावारी स्वच्छता दिवस। नेपालमा पनि जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

महिनावारी हुँदा सरसफाइमा ध्यान दिनुपर्ने र स्वच्छतामा ध्यान नदिँदा किशोरी तथा महिलाहरुको स्वास्थ्यमा गम्भीर असर पर्ने विषयमा जनचेतना दिन यो दिवस मनाइन्छ । नेपालको सुदूरपश्चिमका केही जिल्लामा अझै छाउपडी प्रथा कायमै रहँदा महिला तथा किशोरीको स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको छ ।

पानी, स्यानेटरी प्याडलगायतको सहज उपलब्धता नहुँदा, सरसफाइमा ध्यान दिनुपर्ने कुरामा ज्ञान नहुँदा महिनावारी स्वच्छतामा असर पुग्ने गरेको सरोकारवालाहरू बताउँछन् । सन् २०१४ देखि हरेक वर्ष २८ मेका दिन अन्तर्रा्ष्ट्रिय रूपमा मनाउन शुरु गरिएको यो दिवस नेपालमा २०१५ देखि मनाउन थालिएको हो । सरकारी तवरमा भने गत वर्षदेखि मनाइन थालिएको हो ।