पथरी : मोरङले पथरीशनिश्चरे ७ स्थित किर्तिपुरमा महिलाका लागि १ महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ ।

तालिम किर्तिपुर महिला सिलाई कटाई सिपमुलक तालिम केन्द्रको आयोजनामा सम्पन्न भएको हो । तालिममा बोल्दै नगर उपप्रमुख यमुना विष्ट बास्तोलाले महिला आत्मनिर्भर हुनका लागि यस्ताखाले कार्यक्रम नगरले सञ्चालन गरिरहेको बताइन् । महिलाहरुको सामुहिक उत्थानका लागि थप सिलाई कटाई मेसिन समेत उपलब्ध गराउन नगरपालिकाले पहल गर्ने उपप्रमुख बास्तोला बताएकी थिईन् ।

नगरपालिका अन्तर्गत १ लाख रुपैयाँको बजेटमा ४५ जनाका लागि सञ्चालन गरिएको तालिममा लक्ष्मी मगरले सहजिकरण गरेकी थिइन् । सो केन्द्रमा हाल ६ वटा सिलाई कटाई मेसिन रहेका छन् ।