विराटनगर : नेपाल रेडक्रस मोरङमा अनियमितता भएपनि कुनै कार्वाही नभएको भन्दै छानविनको लागि अख्तियार दुरुपयोग आयोग क्षेत्रीय कार्यालय इटहरीमा उजुरी परेको छ ।

रेडक्रसको विभिन्न कार्यक्रम तथा परियोजनाको हिसाब पारदर्शी नभएको र अनियमित तरिकाले खर्च हुने गरेको भन्दै उजुरी परेको हो । यस्तै रेडक्रस मोरङको वर्तमान समितिको चैतमा नै कार्यालय सकिएर काम चलाउ बनेपनि महत्वपूर्ण निर्णय गर्दै जथाभावी कर्मचारी नियुक्ती र आर्थिक कारोबार गरेको भन्दै त्यस्ता काम कार्वाही रोक्नका लागि माग गरिएको छ । मङ्गलबार जिल्ला प्रशासन कार्यालय मोरङलाई एक ज्ञापनपत्र बुझाई सो माग गरिएको हो । –उद्घोष दैनिकबाट