पथरी: भुमाफियाहरुको चलखेल र मिलेमतोमा मोरङ कानेपोखरी ४ मा सरकारी जग्गामा बनेको खेल मैदान बिक्री भएको पाइएको छ ।

स्थानीय मातृभुमी समाजसेवा क्लबले संरक्षण गर्दै आएको करिव एक कट्ठा खेल मैदान स्थानीयय नेताकै संम्लग्नतामा बिक्री भएको पाइएको हो । उक्त जग्गा झापाका सहनलाल चौधारीलाई बिक्री गरिएको खुलेको छ । चौधारीले कागजीरुपमा ३ हजारमा जग्गा खरिद गरेको भए पनि सो जग्गा खरिद गर्दा २० हजार तिरेको पाइएको छ । सार्बजनिक जग्गा बिक्री गर्ने भनिएका व्यक्ति डोमा मुसहरको दुई बर्ष अघि नै मृत्यु भैसकेको छ ।

भुमाफियाहरुको चलखेलमा डोमाका नाममा जग्गा बिक्री गर्दा गरिएको कागजमा स्थानीय नेता अमृत लिम्बू पनि साक्षीका रुपमा रहेका छन् । डाँस खोलाको बगरमा रहेको उक्त जग्गामा चौधारी परिवारले घरको संरचना पनि निर्माण गरेका छ्न् । चौधारीले जग्गा किन्दा बनाएको कागज पनि किर्ते गरेको स्थानियबासीको आरोप रहेको छ । स्थानीयका अनुसार सो कागज पनि हालै मात्र तयार परिएको हो । यसरी भुमाफियाकै संम्लग्नतामा खेल मैदान ब्याक्तिका नाममा बिक्री हुनु गलत भएको र यस्तो कार्य गर्नेलार्इ कारबाहीको प्रक्रियामा लाने वडा अध्यक्ष धनबहादुर राईले बताए ।