धरान: धरान–२ स्थित सुकुण्डा बेङक्वीटमा ‘युबेरी रेष्टुरेन्ट वीथ बार’ सञ्चालनमा आउने भएको छ ।

यही जेष्ठ १७ गतेदेखि रेष्टुरेन्ट औपचारिकरुपमा सञ्चालन आउन लागेको हो । ३० लाख रुपैयाँको लागतमा बेङक्वीटको माथिल्लो तल्लामा रेष्टुरेन्ट सञ्चालनमा ल्याउन लागेको सञ्चालक निराजन श्रेष्ठले बताए । उनका अनुसार रेष्टुरेन्टमा सबै प्रकारको खानाका परिकार, चिसो पेय पदार्थदेखि अर्डर अनुसारका खाना समेत तयार गरिने छ । रेष्टुरेन्ट दिउसो १ बजेदेखि रातको ९ बजेसम्म सञ्चालन हुने उनले बताए । ‘रेष्टुरेन्ट पारिवारीक वाताबरणको बनाउने छौं,’सञ्चालक श्रेष्ठले भने,‘साना वालवालिकाको लागि खेल्ने व्यावस्था समेत मिलाउदै छौं’ । उनले ग्राहकको लागि उपन्यासको किताब समेत उपलब्ध गराएको बताए । ‘रेष्टुरेन्टमा बस्दा दिक्क लागेको बेला पढ्न इच्छा हुनेको लागि उपन्यास किताब राखि दिएका छौं,’उनले भने ।

IMG_7678 2

बेङक्वीट भने ३ महिनादेखि सञ्चालनमा छ । ३ कट्टा क्षेत्रफलमा फैलिएको बेङक्वीट करिब डेढ करोड लागतमा सञ्चालनमा आएको सञ्चालक श्रेष्ठले बताए । बेङक्वीटमा १ हजार जना क्षमताको पार्टी हल, एसी हल, साउण्ड रहित डिजे हल उपलब्ध रहेको छ । बेङक्वीटले ३ सय माथीको सहभागीतामा निःशुल्क स्थान र साउण्ड सिस्टम उपलब्ध गराउने श्रेष्ठको भनाइ छ । ‘बेङक्वेटमा ३ सय माथीको कार्यक्रम गर्दा स्थान र साउण्ड सिस्टम निःशुल्क उपलब्ध गराउछौं,’उनले भने,‘त्यो भन्दा कम भएमा चार्ज लिन्छौं ।’ बेङक्वीटमा २० जना कर्मचारी छन् । यदि ठुलो कार्यक्रमको आयोजना भए होटल मेनेजमेन्ट अध्ययनरत विद्यार्थीहरुलाई इन्टर्नको रुपमा बोलाउने गरेको सञ्चालक श्रेष्ठले बताए । सुरक्षा व्यावस्थापन र पार्कीङको समेत राम्रो सुविधा रहेको छ ।