धरानः धरान १६ स्थित जेनिथ् सेकण्डरी बोडिङ स्कुलले नेपालको १२ औ गणतन्त्र दिवश विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।

आजकै दिन २०६५ साल जेष्ठ १५ गते नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्क मुलुककोरुपमा सविधानसभाको पहिलो बैठकले प्रस्ताव पारित गरेको थियो । सोही दिनलाई स्मरण गर्दै जेनिथ्ले गणतन्त्र दिवस मनाएको हो । रगीन कलरहरुको सहयताले भूईमा कलात्मक नेपालको झण्डा वरिपरी १२ वटा क्याण्डल बालेर प्रारम्भ भएको कार्यक्रममा विद्यार्थीहरुले गणतन्त्र दिवशको महत्व र सो ल्याउनलाई कैयौ शहिदहरुले गरेको त्यागको विषयमा प्रकाश पारिएको थियो । २४० बर्षे राजाहरुको प्रत्यक्ष शासनको अन्त्य भई जनताद्धारा निवार्चित जनप्रतिनिधिद्धारा शासन गर्ने व्यवस्थाको नागरिक हुनु पाएकोमा खुसी व्यतm गरिएको थियो ।

2019-05-29-16.00.05

गणतन्त्र दिवशको उपलब्धीस्वरुप सविधानको भागः३, धाराः३९मा प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषन, उचित स्याहार , खेलकुद, मनोरञ्जन तथा सर्वागीण व्यतिmत्व विकासको हक हुनेछ भन्ने व्यवस्थालाई समेत पटक पटक स्मरण गराएको प्रिन्सिपल सुमन जवेगुले बताए । यस्तै गणतन्त्र दिवश झल्काउने गायन, कविता वाचन र चित्रकला इत्यादी कार्यक्रम भएको थियो । यो दिवसले राष्ट्यि महत्व बोकेकोले विशेष दिनको रुपमा मनाइएको सो स्कुलका प्रिन्सिपल सुमन जवेगूले बताए । विद्यायलकी शिक्षिका सुश्रि योजना राईले रोचक ढगले कार्यक्रम सञ्चालन गरेका थिए ।