धरान: उद्योगी, व्यापारीहरुको साझा संस्था सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा विजय श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाल निर्माण व्यवसायी संघ सुनसरीले मंगलबार धरानमा आयोजना गरेको घोषणा सभामा श्रेष्ठले ३५ बुँदे प्रतिवद्धतासहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । निर्माण व्यवसायी रहेका श्रेष्ठ हाल संघको प्रथम तथा वरिष्ठ उपाध्यक्ष छन् । यसअघि उनले एक कार्यकाल सदस्य रहेका थिए भने दुई कार्यकाल महासचिवको जिम्मेवारी निर्वाह गरेका थिए । संघको निर्वाचन यही जेठ २७ गते हुदैछ

घोषणासभामा आफु विशुद्ध व्यवसायी भएको र सम्पुर्ण व्यपारी, व्यवसायीहरुको मन जितेर काम गरेकोले अध्यक्षमा आफुलाई मत दिने श्रेष्ठले बताए । अध्यक्षमा जितेपछि ३ बर्षमा आफुले गर्ने कामहरुको सुची पनि प्रस्तुत गर्दै श्रेष्ठले भने,‘संघलाई व्यवसायी, व्यापारीहरुको हितमा काम गर्ने छाता संस्थाकोरुपमा स्थापित गर्नेछु । उद्योगी, व्यवसायी र व्यापारीको लगानी सुरक्षा र प्रर्वद्धन गर्ने र समस्या समाधान गर्ने संस्थाकोरुपमा स्थापित गर्नेछु ।’

उनले धरानको गुमेको विगतको व्यापारिक गतिशिलता र पहिचान पुनःस्थापित गर्दै व्यापारिक केन्द्रकयेरुपमा परिचित गराउने, उत्पादनमुखी उद्योगहरुको प्रर्वद्धन गर्न नीति तयार गरी उत्पादन र बजारीकरणमा प्रत्यक्ष सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । कृर्षि उत्पादन तथा बजारीकरण इकाई गठन गरेर कृषि उपजलाई अन्र्तराष्ट्रिय बजारसम्म पुर्याउने प्रतिवद्धता जनाएका उनले थोक बजारसँग समन्वय र सहकार्य गरेर कृषि उत्पादनलाई गुणस्तरीय, अर्गानिक बनाउन ब्रण्डिङ र प्याकेजिङमा प्राविधिक सहयोग गरेर अन्र्तराष्ट्रिय बजारमा पुर्याउने पनि बताए । ‘कोशी औद्योगिक करिडोरको प्रर्वद्धन गर्दै नयाँ औद्योगिक ग्रामको स्थापना र निर्माणमा पहल गर्नेछु, तीनकुनेस्थित औद्योगिक क्षेत्रलाई गतिशिल बनाउदै क्षेत्र विस्तारमा पहल गर्नेछु, नयाँ उद्योग स्थापनाको वातावरण बनाउछुँ,’उनले भने ।

bijay-sth

धरानलाई पर्यटकीय सहरकोरुपमा स्थापित गर्न राती १२ बजेसम्म सेवा प्रदान गर्ने वातावरण सृर्जना गर्ने, हरेक महिना बस्तुगत संघको अगुवाईमा उत्पादन र सेवालाई प्रवद्र्धन गर्न मार्ट आयोजना गर्ने, खुद्रा तथा साना मझौला व्यापारीहरुको व्यक्तिगत सुरक्षाको लागि विभागको व्यवस्थापन गर्नेलगायत श्रेष्ठले उद्योगी, व्यावसायी तथा व्यापारीहरुको हितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । अध्यक्ष पदमा श्रेष्ठ र गिरीधारी सापकोटाबीच भिडन्त हुने भएको छ । हालसम्म दुवै जनाले मात्र अध्यक्ष पदका आकांक्षी देखिएका छन् ।

उम्मेदवारी घोषणा सभामा निर्माण व्यवसायी संघ १ नं प्रदेशका महासचिव जनसेवक भण्डारीले श्रेष्ठको प्रतिवद्धता समग्र व्यापारी, व्यवसायीको हितमा भएको भन्दै जित पछि कार्यान्वयन हुने अपेक्षा व्यक्त गरे । संघका अध्यक्ष हालसम्म शिष्टचार महापालको भुमिकामा मात्र देखिएको भन्दै उनले श्रेष्ठको कार्यकालमा साच्चिकै व्यवसायिक संघको अध्यक्ष हुने अपेक्षा पनि व्यक्त गरे । यस्तै, निर्वाण व्यवसायी संघका जिल्ला सचिव तेजबहादुर लिम्बू, सदस्य तिलबिक्रम लिम्बूले पनि निर्माण व्यवसायीहरुलाई ठेकेदार भन्दै होच्याउने गरेकोप्रति गुनासो व्यक्त गर्दै श्रेष्ठलाई जिताउन संघले पहल गर्ने पनि बताए । निर्वाण व्यवसायीहरुबाटै अध्यक्ष पदबाहेक उद्योग सदस्यकोरुपमा महेन्द्र प्रधान र अनुप देवानले पनि उम्मेदवारी दिने भएका छन् ।