धरान: प्रदेश नं.१का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले स्थानीय सञ्चार संस्थाहरुलाई एकीकृत विकासको अवधारणामा लानका लागि सरकार तयार रहेको बताएका छन् ।

सञ्चार गृह संघ नेपाल धरानले धरान क्षेत्रका सञ्चार संस्थाहरुको विकासका लागि सरकारले गर्नु पर्ने काम र आवश्यक बजेट विनियोजनको माग सहितको ज्ञापन पत्र बुझ्दै सरकार स्थानीय र सानान लगानीका सञ्चार संस्थाहरुको विकासका लागि सहयोगी बन्ने बताए । उनले सरकारले मिडिया क्षेत्रको समग्र विकासका लागि सरकार मिडिया सम्बद्ध संस्थाहरुसंग मिलेर काम गर्न तयार रहेको बताए ।

प्रदेश सरकारले आफ्नै मुद्रण विभिाग बनाएर आफ्नो कार्यालय र प्रदेशका सबै कार्यालयहरुको छपाइको काम गर्ने र धरान या इटहरीमा सामूदायिक प्रेस स्थापना गरेर पत्रपत्रिकाहरु सहुलियतमा छपाइ गर्ने संघको प्रस्तावलाई आफू र मन्त्रालयले राम्रो र नयाँ मानेको बताए । 'हामी यो प्रस्तावलाई गम्भिरताका साथ लिन्छौं । अहिलेसम्मको मिडिया विकासको अवधारणामा यो विचार नयाँ आयो,'मन्त्री कार्कीले भने ।

संघका तर्फबाट सञ्चार क्षेत्रको विकासमा वजार व्यवस्थापन, प्राविधिक सीप र जनशक्ति व्यवस्थापन,वितरण र पत्रकारिताको विकासका लागि तालिमको व्यवस्था गर्न प्रदेश सरकारलाई माग गरेको छ । साथै सञ्चार क्षेत्रको विकासका लागि भौतिक पूर्वाधार र प्रविधिको पनि विकास गर्नु पर्ने माग गरेको छ । भौतिकपूर्वाधरा र प्रविधिको विकासका लागि सञ्चार क्षेत्रको विकास गर्नका लागि उत्पादन हुने जनशक्तिलाई आवासीय तालिम केन्द्रको व्यवस्था गर्न ,सञ्चार क्षेत्रको व्यवस्थित र संगठित विकासका लागि सबै सञ्चार क्षेत्रहरुलाई एकीकृत विकास गर्न एकीकृत सञ्चार विकास क्षेत्र निर्माण गर्न,आधुनिक छपाइ केन्द्र स्थापन गर्न र सञ्चार उपकरणहरुको खरि गर्नका लागि लगानी गर्न प्रदेश सरकारसंग माग गरेको थियो । संघले प्रदेशभित्रका विज्ञापनहरुलाई प्रदेशका सञ्चार संस्थाहरुलाई पहिलो प्राथमिकता दिएर वितरण् गर्न पनि माग गरेको छ ।

संघले जनशक्ति र मानवीय स्रोतको विकास गर्नका लागि एक करोड दश लाख रकम विनियोजन गर्न र भोतिक पूर्वाधार र प्रविधिको विकास गर्न १६ करोड रुपैयाको बजेट विनियोजन गर्न पनि माग गरेको छ । संघको माग पत्र पढेपछि मन्त्री कार्कीले आधुनिक छपाई केन्द्रको स्थापना गर्न आफूलाई पनि उत्साह जगाएको संघले भने अनुसार नै तालिमका लागि बजेट छुट्याउने, सञ्चार उपकरण खरिद र आवासीय तालिम केन्द्र, एकीकृत सञ्चार विकास क्षेत्र निर्माणमा पनि आफू लाग्ने बताए ।

बजेटको सिमितताका कारण कतिपय क्षेत्रमा तत्काल लगानी गर्न नसकेपनि योजना बद्ध विकासका लागि आफू प्रतिबद्ध भएको मन्त्री कार्कीले बताए । उनले विज्ञापनलाई व्यवस्थित गर्न आफूले सम्बन्धित समितिहरु बनाएको र त्यसबाट आएका सुझावहरुमा संघले उठाएका विषयलाई समेटने बताए । संघका संयोजक मोतिराज सुनुवारको नेतृत्वमा गएको प्रतिनिधि मण्डलमा धरारनका सैबै सञ्चार संस्थाका सञ्चालक र अग्रज पत्रकार हर्ष सुब्बा सहतिक प्रतिष्ठित व्यक्तिहरु पनि सहभागि भएका थिए ।