पथरी: मोरङको पथरी शनिश्चरे १० जिरिखिम्तीस्थित मोरङ्गी खोलाबाट वस्तीको संरक्षण गर्ने कार्यक्रम अन्तर्गत तटवन्धन कार्यको शिलान्यास भएको छ ।

पथरीशनिश्चरेका नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, कार्यपालिका सदस्य मैनादेवी आचार्य फूँयाल र वडा सदस्य अनोज घिमिरेले संयुक्तरुपमा शिलान्यास गरेका हुन् । बर्षेनी खोलाको बाढीपीडित बन्ने यस क्षेत्रका वासिन्दा बस्ती संरक्षणको पहल थालिएपछि बाढी कटानको त्रासबाट बच्न सकिने वताउछन । नगरपालिकाको २२ लाख ६० हजार, उपभोक्ताको ३ लाख ३९ हजार, उपभोक्ता श्रमदान ९ हजार २ सय २३ गरी कुल २६ लाख ८ हजार २ सय २३ रुपैंयाको लागतमा तारजालीको तटवन्ध निर्माण हुनेछ ।

मोरङ्गी पुल उत्तर २ ठाउँमा तारजालीको स्पर रहने छ । पुल दक्षिण बाँध नजिकबाट खोलाको दुवैतर्फ ५ सय ३९ मिटर ताराजाली जोडिएको स्परको डिल बनाइने छ । डिलको भित्रीभागमा पूर्वतर्फ बाटो समेत बनाउने योजना रहेको छ ।