धरान: धरान उपमहानगरपालिकामा डेंगु ज्वरोको प्रकोप झन् बढ्दै गएको छ । हालसम्म ४० जनाभन्दा बढी डेंगु ज्वरोको विरामी धरानमा भइसकेका छन् ।

डेंगु ज्वरो समयमा नै नियन्त्रणमा आउन नसक्दा प्रकोपकोरुपमा फैलिन थालेको छ । डेंगुले प्रकोपकोरुप लिइसक्दा पनि धरान उपमहानगरपालिकासँग भने अझै फगिङ(धुवाँ फाल्ने) मेशिन भने छैन । अहिलेसम्म वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मेशिन मागेर उपमहानगरपालिकाले फगिङ गर्दै आएको छ । तर, यो विधि पनि प्रभावकारी भने देखिएको छैन । किनभने, डेंगु ज्वरोको विरामीको संख्या झन् बढ्दै गएको छ । वीपीसँग २ वटा फगिङ मेशिन छ । धरानको वडा नं १३, १५, ९ र ८ मा डेंगु ज्वरोको प्रकोप देखिएको छ । सबैभन्दा बढी वडा नं १५ डेंगुबाट प्रभावित छ ।

dengue-birudha

धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवका अनुसार अहिलेसम्म वीपी प्रतिष्ठानको मेशिनले नै प्रभावित फगिङ गर्ने काम भइरहेको छ । यो फगिङले एडल्ट लामखुट्टेलाई मार्ने काम गर्छ । ‘प्रभावित क्षेत्रमा फगिङ गर्ने काम गरिरहेका छौं,’उनले भने,‘तर फगिङले मात्र डेंगु ज्वरो नियन्त्रणमा आउदैन । लार्भा नै नष्ट गर्नुपर्छ ।’ पोथी लामखुट्टेले दिउँसो टोकेर मानिसमा डेंगु संक्रमण हुने गर्छ । यो लामखुट्टे सफा पानीमा मात्र बस्ने भएकोले घर, आगन कतैपनि सफा पानी जम्न दिन नहुने चिकित्सकहरुको भनाई छ । साथै, दिनमा लामखुट्टेको टोकाईबाट जोगिनुपर्छ । 

४ वटा मेशिन किन्ने निर्णय

nirnaya

नियन्त्रण हुनुको साटो डेंगुको प्रकोप बढ्दै गएपछि आज नगर विपत् व्यवस्थापन समिति एवं सरोकारवाला निकायहरुसँगको समन्वयात्मक बैठक धरान उपमहानगरपालिकामा बसेको थियो । उक्त बैठकले लामखुट्टे नियन्त्रणको लागि आवश्यक हुने फगिङ मेशिन खरीद गर्नेसहितको ६ वटा निर्णय गरेको स्वास्थ्य शाखा प्रमुख यादवले जानकारी दिए । ‘विपद व्यवस्थापन कोषबाट रकम व्यवस्थापन गरेर ४ वटा मेशिन किन्ने निर्णय भएको छ,’उनले भने,‘प्रक्रिया आजै अघि बढीसकेको छ ।’ एउटा मेशिनको मुल्य सरदर २० हजार जति पर्छ । 

IMG_20190530_174445

यस्तै, उक्त बैठकले डेंगु रोगको प्रकोप नियन्त्रणको लागि उपचाररत विरामीहरुलाई उपचार सहुलियत तथा सबै स्वास्थ्य संस्थाबाट औषधी उपलब्ध गराउने व्यवस्था गर्ने पनि निर्णय गरेको छ । प्रत्येक वडामा प्राविधिक तथा बिशेषज्ञबाट प्रशिक्षण गराएर चेतना अभिवृद्धि एवं घरदैलो अभियान संचालन गर्ने पनि निर्णय भएको छ भने सबै वडाको टोल, चोकचोकमा चेतनामुलक होडिङ बोर्ड राख्ने, माइकिङ, पर्चालगायतबाट डेंगुबाट बच्ने उपायहरुबारे सुचना सम्प्रेषण गर्ने पनि निर्णय गरेको छ ।

९ सदस्यीय समिति गठन

IMG_20190530_153307

डेंगु ज्वरोको प्रकोप बढेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र धरान उपमहानगरपालिकाले एक विज्ञ टोली सम्मिलित र्यापिड रेस्पोन्स टिम गठन गरेको छ । प्रतिष्ठानको स्कुल अफ पब्लिक हेल्थ तथा कम्युनिटी मेडिसिन विभागका प्रमुख डा. विजयकुमार खनाल संयोजक टिम ९ सदस्यीय रहेको छ ।

पनि अण्डा वा अण्डाबाट लार्भा, प्युपा बनिसकेकोलाई भने मार्न सक्दैन ।