काठमाडौं : सरकारले मुस्लिम समुदायको पवित्र पर्व इदउल फित्रको दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

मुस्लिम आयोगले बिदाको लागि पटक पटक सरकारलाई दबाब दिएपछि सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड ईदउल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सरकारले मुस्लिम आयोगको सिफारिसमा जेठ २३ गते सार्वजनिक विदा दिने निर्णय गरिएको जनाएको छ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले लामो समयको संघर्षपछि मुस्लिम समुदायको मुख्य पर्वमा विदा दिन सरकार सकारात्मक भएको बताए ।

उनले बिदालगायत मुस्लिम समुदायको हितमा आफुले सकारात्मक भूमिका खेल्ने बताए । अन्सारीले मुस्लिम समूदायको अधिकार संरक्षणको लागि सधै लागिरहने प्रतिबद्धता जनाए ।

बिदा दिने सरकारी निर्णयले मुस्लिम समुदायको जित भएको उनको भनाइ थियो । बिदाको लागि आफू निरन्तर लागेको अन्सारीले बताए ।