काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली र मोदीबीच शुक्रबार बिहान नयाँदिल्लीको हैदरावाद हाउसमा भेटवार्ता भएको हो।

दोस्रो कार्यकालका लागि प्रधानमन्त्री चुनिएका मोदीको सपथ ग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री ओली बिहीबार दिल्ली पुगेका थिए । सोही क्रममा आज दुवै प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो । दुवैबीचमा आपसी सम्बन्ध, विशेषतः जनताबीचको सम्बन्ध, अझ गहिरो बनाउने प्रतिवद्धता व्यक्त गरेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले ट्वीटरमार्फत जानकारी दिएका छन् । बिहीबार सपथमा सहभागी भएका प्रधानमन्त्री ओली आज दिउँसो पौने ४ बजे स्वदेश फर्कने कार्यक्रम छ।