काठमाण्डौं: वरिष्ठ न्युरो सर्जन डा.यामबहादुर रोकाको कविता संग्रह विमोचन भएको छ ।

सर्जन रोकाको कविता संग्रह ‘१०८ कविता’को बिहिबार राजधानीमा आयोजित एक समारोहमा विमोचन भएको हो । लेखन कुञ्ज काठमाण्डौंमा आयोजित कार्यक्रममा लेखककी आमा मनकुमारी रोकाले संग्रहको विमोचन गरेकी थिइन् । डा.रोकाको यो पहिलो कृति हो ।

डा.रोकाले संग्रह बिक्रीबाट आउने सम्पुर्ण रकम आफ्नो बुबाले स्थापना गरेको विद्यालयलाई सहयोग गर्ने घोषणा पनि गरेका छन् । डा.रोकाका बुबा क्याप्टेन पदमबहादुर रोकाले वाग्लुङमा चौडिला प्राथमिक विद्यालय स्थापना गरेका थिए । कृर्तिको बिक्रीबाट हुने पाउने सबै रकम सोही विद्यालयलाई दिने डा.रोकाले बताएका छन् । यो कृति १५२ पृष्ठको छ भने मुल्य ३९९ रुपैया तोकिएको छ ।