धरान : जुलाई ३ देखि ७ सम्म वंगलादेशमा हुन लागेको यु १६ बास्केटबल च्याम्पियनसिपको सहभागिताको लागि खेलाडी छनौटमा धरानका खेलाडीहरुले पनि सहभागिता जनाउने भएको छ ।

यु १६ खेलाडी छनौटमा धरानबाट चार जना खेलाडीहरु सहभागी हुने भएका छन् । खेलाडीहरु वैभव योगी, योगेश राई, रुपेस राई र लाक्पा योन्जन छनौटमा सहभागीता जनाउने धरान बास्केटबल संघले जनाएको छ । उनीहरु धरान बास्केटबल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा करिव एक महिनाको ट्यालेन्ट हन्ट बास्केटवल प्रशिक्षण क्याम्पबाट छनौट भएका हुन् । उनीहरु पूर्वाञ्चल प्रशिक्षक विकास चाम्लिङ राईको नेतृत्वमा छनौट कर्यक्रममा सहभागिता जनाउने जिल्ला बास्केटबल संघ सुनसरीका अध्यक्ष नारायण सुवेदीले जानकारी दिए ।

छनौटमा सहभागी हुन जाने खेलाडी तथा प्रशिक्षकलाई आइतवार नेपाल बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, जिल्ला बास्केटवल संघ, सुनसरी अध्यक्ष नारायण सुवेदी र पूर्वाञ्चल बास्केटवल टिम क्याप्टेन नविन राईले विदाइ गरेका थिए । यु १६ नेपाल बास्केटबल टिम छनौटका लागि काठमाण्डौमा २४ जना खेलाडी छनौट गरिएको वास्केटवल संघका केन्द्रिय उपाध्यक्ष लामाले जानकारी दिए । सोमवारदेखि सुरु हुने ३ दिनको छनौट कार्यक्रमबाट १२ जना खेलाडी छनौट गरी नेपालको यु १६ टिम तयार गरिनेछ । छनौटमा सहभागी हुनका लागि धरान टिम भोली सोमवार काठमाण्डौ प्रस्थान गर्नेछ ।