नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ) ले २०७४ मा उत्कृष्ट प्रदर्शन गर्ने पाँच खेलाडीको मनोनयन सार्वजानिक गरेको छ ।

आगामी असार १७ गते प्रदान गरिने ‘पल्सर स्पोर्टस अवार्ड’अन्तर्गत ‘पिपल्स च्वाइस’का लागि पाँच खेलाडीको मनोनयन सार्वजानिक गरिएको हो। मनोनयनमा पर्ने खेलाडीमा सन्दीप लामिछाने (क्रिकेट), प्रिन्स दाहाल (ब्याडमिण्टन), सावित्रा भण्डारी (फुटबल), रेश्मा भण्डारी (भलिबल) र महेश्वर महर्जन (शारीरिक सुगठन) रहेका छन् ।

मनोनयनमा परेकामध्ये एक जनालाई एसएमएस भोटिङ, फेसबुक लाइक, नेपाल खेलकूद पत्रकार मञ्चका सदस्यहरुको मत र राष्ट्रिय खेल सङ्घका मुख्य प्रशिक्षकहरुको मतलाई आधार मानेर छनोट गरिने मञ्चले जनाएको छ । एसएमएस भोटिङको मतभार ५० प्रतिशत, फेसबुक लाइकको २५ तथा खेलकूद पत्रकार मञ्चका सदस्य र विभिन्न खेल सङ्घका मुख्य प्रशिक्षकको मतभार २५ प्रतिशत रहनेछ। आगामी असार १७ गते मञ्चले योसँगै विभिन्न १० विधामा अवार्ड प्रदान गर्नेछ ।