दिक्तेल : खोटाङको एक खोलामा डुबेर ज्यान गुमाएका दुई विद्यार्थीको परिवारलाई शिक्षालयले ६ लाख दिने भएको छ ।

खोलामा डुबेर ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका १९ वर्षिय एलिस बस्नेत र बिक्रम भट्टराईका परिवारलाई दिक्तेल प्राविधिक शिक्षालय ६–६ लाख दिन सहमत भएको हो ।

प्रयोगात्मक अध्ययनका लागि शनिबार प्राविधिक शिक्षालयले साप्सु खोलामा लगेको समयमा दुबै जनाको दहमा डुबेर ज्यान गएको थियो ।

जिल्ला प्रशासन कार्यालयमा आइतबार भएको छलफलमा शिक्षालयकाले मृतक परिवारलाई ५–५ लाख राहत तथा १–१ लाख किरिया खर्च दिन सहमत भएको प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्ययले जानकारी दिए ।

मृतक परिवारलाई तत्काल ५० हजार दिने र बाँकी रकम १५ दिनभित्र दिने सहमती भएको पनि प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिए ।