धरान: तेल सकेर सडकमा रोकेर राखेको ट्रकमा धरान आउदै गरेको स्कुटी ठोक्किदा एक युवतीको मृत्यु भएको छ ।

घटना केहीबेर अघिको हो । धरान–८ स्थित विश्वकर्मा मन्दिर नजिक भएको यो दुर्घटनामा परी इटहरी १ तरहरास्थित आपगाछीकी कविता तुम्बाको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख होमराज दाहालका अनुसार को २६ प ८५१ नंम्बरको स्कुटीमा तुम्बा धरानतर्फ आइरहेकी थिइन् ।

सोही दिशामा रोकेर राखेको ट्रकमा उनी ठोक्किएर गम्भीर घाइते भएको दाहालले बताए । 'उपचारको लागि अस्पतालमा लगिएको थियो, निधन भएको खबर आयो,'उनले भने । प्रहरीका अनुसार तेल सकेर सकडमा नै ना ६ ख ४३४५ नंम्बरको ट्रक रोकेर राखिएको थियो । सोही ट्रकको मुनि तुम्बाको स्कुटी छिरेर दुर्घटना भएको प्रहरीले जनँएको छ ।