धरान: धरान इटहरी सडक खण्डमा रोकी राखेको ट्रकमा सोमबार राती स्कुटी ठोक्किएर मृत्यु भएकी कविता तुम्बा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत थिइन् । उनी त्यसबेला प्रतिष्ठानमा नाइट डिउटीको लागि धरानतर्फ आइरहेकी थिइन् ।

उनी प्रतिष्ठानको गाइनो विभागको इर्मेजेन्सीमा कार्यरत थिइन् । त्यसैले घरबाट नै स्टाफ नर्सको ड्रेसमा धरानतर्फ आइरहेकी थिइन् । इटहरी १ तरहरास्थित आपगाछी घरबाट सोमबार धरान आउदै करिब ८ बजेको समय आसपासमा उनको स्कुटी दुर्घटनामा परेको थियो । गम्भीर घाइते भएकी तुम्बाको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तुम्बा को २६ प ८५१ नंम्बरको स्कुटीमा तुम्बा धरानतर्फ आइरहेकी थिइन् । सोही दिशामा धरानतर्फ आउदै गर्दा तेल सकेर रोकेर राखेको ना ६ ख ४३४५ नम्बरको ट्रकको मुनि तुम्बाको स्कुटी छिरेर दुर्घटना भएको थियो । तेल सकेर सडकमै रोकिराखेको ट्रकमा कुनै संकेत वा रिफ्लेक्टर थिएन । त्यसैले स्कुटी ट्रकको पछाडि ठोक्किएको बताइएको छ ।