धनकुटा : प्रदेश सरकार, कृषि निर्देशनालय विराटनगरले कृषि ज्ञान केन्द्रहरुमा बजेट तथा कार्यक्रमहरु सञ्चालन गर्नको लागि समयमै निर्देशिका वा कार्यविधि नबनाउँदा धनकुटा र तेह्रथुम जिल्लामा कृषिका लागि विनियोजित करिब ४ करोड रकम फ्रिज हुने भएको छ ।

धनकुटा र तेह्रथुम जिल्लाको लागि चालू आर्थिक वर्ष ०७५,७६ मा विनियोजन भएर प्रदेश सरकारबाट आएको विभिन्न शीर्षकको कृषि व्यावसायीकरण वा प्रवद्र्धनको लागि विनियोजित ३ करोड ९५ लाख रुपैयाँ फ्रिज हुन लागेको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको हो । कार्यालयले दिएको जानकारीअनुसार कुल बजेट ७ करोड ४९ लाख २० हजारमध्ये अदुवा मिसन कार्यक्रम धनकुटाको लागि २० लाख, खेर गएको सार्वजनिक जग्गाहरुमा फलफुल खेती प्रवद्र्धन साझेदारी कार्यक्रम धनकुटा २० लाख, सुन्तला जात बगैचा व्यवस्थापन एबम् सुदृढीकरण आयोजना तेह्रथुम धनकुटाको लागि २५ लाख रुपैयाँ बजेट तथा कार्यक्रम सञ्चालन गर्ने निर्देशिका प्रदेश निर्देशनालय विराटनगरबाट नआएको कारण फ्रिज हुन लागेको हो । –ब्लाष्ट टाइम्स दैनिकबाट