युरोपियन च्याम्पियन्स लिग विजेता इङ्लिस क्लब लिभरपुलले फिफा क्लब विश्वकप खेल्ने भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले विश्वकप आयोजनाको अधिकार कतारलाई प्रदान गरेसँगै लिभरपुलको सहभागिता पक्का भएको हो ।

हरेक बर्ष आयोजना हुँदै आएको क्लब विश्वकपमा यसपटक ६ महादेशका च्याम्पियन्स क्लबले प्रतिस्पर्धा गर्नेछन् । डिसेम्बरमा सञ्चालन हुने क्लब विश्वकपमा प्रत्यके महादेशबाट चार चार टोली गरी कूल २४ टोलीको भागिता रहने फिफाले जनाको छ ।

यसअघि लिभरपुलले सन् २००५ मा च्याम्पियन्स लिग जित्दा क्लब विश्वकप खेलेको थियो । त्यतिवेला लिभरपुल फाइनलमा दक्षिण अमेरिकी टोली साओ पाउलोसँग १–० गोलले पराजित भएको थियो । हाल कतार सन् २०२२ को विश्वकप आयोजनाको तिब्र तयारी गरिरहेको छ ।