इनरुवा : सुनसरीको हरिनगर गाउँपालिकाको भुटाहामा अवस्थित रहेको नेपालकै सबैभन्दा ठुलो ईदगाह भुटाहामा ईदको सम्पूर्ण तयारी पुरा भएको छ ।

यसपालि मुस्लिम धर्मालम्वीहरुको महान चार्ड ईदुउल फित्रको नमाज ८ आठ बजे र ३० मिनेटमा हुने ईदगाह समितिका सचिव सेराज फलाहीले जानकारी दिए ।


नेशनल युवा क्लब भुटाहाले आपनो लगानीमा नमाज पढ्नको लागि ईदगाहमा बिराटनगरबाट एस एन साउण्ड सर्भिस ल्याएर तथा ईदगाह जाने मुल्य गेट भुटाहा बजारमा ताजमहल गेट बनाएर सहयोग गरेको नेशनल युवा क्लबका अध्यक्ष सदाम अन्सारीले जनाएको हो। उहाँको अनुसार यस ईदगाहमा मुस्लिम समुदायको नमाज पढ्ने बाक्लो उपस्थिति रहेकोले सबै साल जस्तो यसपालि पनि साउण्ड सिटम र स्वागत गर्ने ताजमहल गेटको आयोजना गरेको बताए ।

यस ईदगाहमा विभिन्न ठाउँहरुबाट ईदको नमाज पढ्ने मुस्लिम समुदायका मानिसहरु आउने गरेको ईदगाह समितिका अध्यक्ष हाजि इद्ररीस अन्सारीले बताउनुभयो । उहाँको भनाइ अनुसार गौतमपुर, हरिनगरा, भुटाहा , बसन्तपुर होर्साही लगायतका मुस्लिम समुदायका व्यक्तिहरुले यहाँ ईदको नमाज पढ्न आउने गरेको बताए । ईदगाहमा नमाज पढ्ने ५० हजारको हाराहारीमा मानिसहरुको धेरै ठुलो भिर हुने गरेको आयोजकले जानकारी दिएको हो ।

सुनसरी जिल्लाको दक्षिण क्षेत्रमा भुटाहामा ७५ दशमलव ५ प्रतिशत मुस्लिम समुदायको बसोबास रहेको छ । मुस्लिम धर्मावलम्बीले बिहानै उठेर नाहा धोगरी नयाँ विभिन्न रंगिन बिरंगी लुगा लगाई नवाज पढी एक अर्कावीच खुसियाली साटासाट गरी इद पर्व मनाउदै ईदगाह पुग्छन् ।

इदको अवसरमा नवाज पढ्न इदगाह तथा मस्जिदमा मुस्लिमहरुको बाक्लो उपस्थिति रहन्छ । इस्लाम धर्मको पात्रोअनुसार नवौँ महिनामा एक महिनाका लागि रोजा अर्थात् दिनभरि उपवास बसेर पर्ब मनाउने चलन छ । एक महिना लामो रोजापछि चन्द्रमाको दर्शन गरेर रोजा पर्व सम्पन्न हुन्छ । रोजा सम्पन्न भएको भोलि पल्ट इद उल फित्र मनाउने गरिन्छ ।

मुस्लिम धर्मावलम्बीहरुले देशमा दीगो शान्ति, समृद्धि र सद्भावको कामना गर्दै प्रार्थना गर्ने गरेको छ । इदुलफित्रको अवसरमा सरकारले बिहीबार सार्वजनिक विदा दिएपनि ईद बुधबार नै हुने निश्चित भएको छ ।