धरान: पछिल्लो २ दिनमा धरानमा डेंगु ज्वरोका विरामीको संख्या ६८ जना थपिएको छ ।

एकातिर लामखुट्टेको अण्डा र लार्भा नष्ट गर्न वृहत जनपरिचालन अभियान शुरु गर्न ढिलाई भइरहेको छ भने अर्कोतर्पm निरन्तर डेंगुका विरामीको संख्या बढीरहेको छ । हरेक दिन विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउन आउने विरामीहरुमा डेंगु ज्वरोका विरामी बढ्दै गएका छन् । बीपी प्रतिष्ठानमा सोमबार ३५ जना विरामी थपिएका थिए भने मंगलबार ५ बजेसम्म थप ३१ जना डेंगु ज्वारोका विरामी थपिए । यस्तै, विजयपुर हस्पिटलमा पनि मंगलबार एक जना विरामी थपिएका थिए ।

बैशाख ३१ गते यता वीपी प्रतिष्ठानमा डेंगुका विरामीहरु १ सय ७३ जना पुगिसकेका छन् भने विजयपुर हस्पिटलमा पनि २६ जना पुगेका छन् । विरामीको संख्या यही अनुपातमा बढ्दै जादा विपी प्रतिष्ठानमा बेडको व्यवस्थान गर्न गाह्रो हुने अस्पतालले जनाएको छ । हाल प्रतिष्ठानमा डेंग ज्वरो संक्रमित विरामीहरुलाई आकस्मिक कक्षमा र ट्रापिकल वार्डमा उपचारको व्यवस्था गरिएको छ ।

आजदेखि सर्च एण्ड डिस्ट्रोय अभियान

dengu-meeting

डेंगुको प्रकोप नियन्त्रणबाहिर गएपछि आज(बुधबार)देखि धरानमा वृहतरुपमा घरदैलो अभियान शुरु गरिने भएको छ । विज्ञ एवं चिकित्सकहरुले घरदैलो अभियान तत्काल गर्न सुझाव दिएपछि मंगलबार उपमहानगरपालिकामा सरोकारवालहरुको वृहत बैठकले अभियान शुरु गर्ने निर्णय गरेको हो ।

उपमहानगरपालिकाले आज बिहानबाट बजार क्षेत्रमा वृहतरुपमा लामखुट्टेको बासस्थानको पहिचान र अण्डा, लार्भा नष्ट गर्ने सर्च एण्ड डिष्ट्रोय अभियान शुरु गर्दैछ । ‘बिहानै वृहतरुपमा बजार क्षेत्रमा जनचेतना र्याली र घरदैलो अभियान गछौं,’कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले भनिन्,‘त्यसपछि, प्रत्येक वडामा पनि वृहतरुपमा नै घरदैलो अभियान गछौं ।’ उपमहानगरपालिकाले निरन्तर फगिङ गरेपनि त्यसले वयस्क लामखुट्टे मात्र मार्ने भएकोले डेंगु नियन्त्रणको लागि अण्डा र लार्भालाई नै पुर्णरुपमा नष्ट गर्न जनपरिचालन गरेर घरदैलो अभियान गर्न विज्ञहरुले सुझाउदै आएका थिए ।