इनरुवा: सुनसरीको हरिनगर गाउँपालिकाको भुटाहामा अवस्थित देशकै सबैभन्दा ठुलो ईदगाह भुटाहामा ईद पर्व धुमधामका साथ सम्पन्न भएको छ।

भुटाहामा रहेका इस्लाम धर्मावलम्बीहरूले इद पर्व भव्यका साथ मनाएका छन् । एक महिनासम्म व्रत बसेका मुस्लिम समुदायले आज लामो व्रतको अन्त्य गर्दै इद पर्व मनाए । बिहान सुनसरीको भुटाहामा रहेको ईदगाहमा मुस्लिम समुदायका मानिसहरूले नवाज पढेका थिए । नवाज पढेपछि उनीहरूले आफुभन्दा ठूलासँग आशीर्वाद लिएका थिए ।

muslim-eid1

आजको दिन मुस्लिम समुदायले दूध, चिनी मिसाइएको सेवई खाने गर्दछन् । यसको अलावा घरमा मिष्ठान्नहरू बनाएर खाइन्छ । हरिनगर गाउँपालिकामा मात्र ५० हजारभन्दा बढी मुस्लिमहरूको बसोबास छ । यसैबीच हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले नेपालकै ठुलो ईदगाह भुटाहामा इद पर्व मनाएका छन् । साथै सम्पूर्ण गाउँपालिका बासीहरुलाई ईदको शुभकामना दिएका थिए ।

muslim-eid2