धरान: टाउकोमा ६ टाँका लाग्ने गरी घाइते भएका सञ्चारकर्मी दिलबहादुर राईले प्रहरीमा जाहेरी दिएका छन् । उनीमाथि पनि मंगलबार राती डिबिआर अनलाइन टिभी च्यानलको कार्यालयमा नै आक्रमण भएको थियो ।

उनलाई करिब १७ बर्षीय फुर्वा शेर्पा नामका किसोरले टाउकोमा ढुंगा प्रहार गरेका थिए । डिएसपी न्यौपानको अनुसार पक्राउ परेकासँग वयान लिदा आफ्नो साथी छिरे जस्तो लागेर आफुपनि पसेको र विवाद भएपछि ढुंगा टिपेर हानेको बताएका छन् । घाइते सञ्चारकर्मी राईले अभद्र व्यवहारको मुद्दामा जाहेरी दिएको र सुरक्षाको माग पनि गरेकोले सोही अनुसार व्यवस्था गर्ने डिएसपी न्यौपानेले बताए ।

जाहेरी दिन नेपाल पत्रकार महासंघ सुनसरीको टोली नै इलाका प्रहरी कार्यालय धरानमा गएको थियो । सो क्रममा सञ्चारकर्मीमाथि आक्रमण गर्नेलाई पक्राउ गरी कडा कारबाही गर्न महासंघका अध्यक्ष अमर खड्काले आग्रह गरेका थिए । अहिले पत्रकार महासंघ सुनसरी कार्यसमिति धरानसँगै इटहरीका मेयर द्धारिकलाल चौधरीले पत्रकारको नाक भाँच्न एक करोड रकम छुट्याएको अभिव्यक्तिबारे बैठक बसिरहेको छ ।