धरान: डेंगुको महामारी नियन्त्रको लागि धरानको वडा नं १२ मा पनि घरदैलो अभियान शुरु भएको छ ।

धरान १२ वडा कार्यालयले वडाबासीहरुको सहभागितामा डेंगु नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने कार्यक्रम र सरसफाई अभियान शुरु गरेको हो । शुक्रबार पश्चिममा रहेको पानीटंकीदेखि छाताचौक हुँदै भानुचौकसम्म घर घरमा पसेर पानी जमेको ठाँउमा मट्टीतेल छर्कने र जमेको पानी पोखाउने कार्य भएको थियो । हालसम्म १२ नम्बर वडामा डेंगु संक्रमित व्यक्ति नभेटीएपनि बेलैमा सचेत हुनु आवश्यक भएकाले अभियान शुरु गरिएको वडाध्यक्ष टंक राईले बताए । झाडु लिएर सहभागी भएका टोलबासीहरुले घर आँगन सडक तथा ड्रेनमा रहेको फोहर मैला सफा गर्दै हिडेका थिए ।

कार्यक्रममा सहभागी जनप्रतिनिधिहरु, टोल उत्थान समूहका अध्यक्ष एवं पदाधिकारी र वडाबासीको सकृय सहभागिता रहेको थियो । धरान नगरपालिकाले डेंगुले महामरीको रुप लिन सक्ने भएकाले ¥यापिड रेस्पोन्स टीम गठन गरी नियन्त्रणको कार्य गरिरहेको छ । धरानको वडा नं १५ र ८ लाई डंगु संकटग्रस्त वडा घोषणा गरिएको छ । डेंगु प्रकोप नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गर्दै हिडेको टोलीले सचेतना समेत प्रदान गरेको थियो । फोहर पानी भन्दा पनि सफा पानी जमेको ठाँउमा डेंगुको प्रकोप फैल्याउन सक्ने लामखुट्टेको लार्भा पार्न सक्ने भएकोले त्यस्तो पानी मा मट्टीतेल छर्कनु पर्ने र पानी पोखाएर सफा गर्नु पर्ने धरान उपमहानगरपालिका स्वास्थ्य शाखाको रामबाबु यादवले वताए ।

S5200010

धरान उपमहानगरपालिकाले प्रत्येक वडामा लार्भा नष्ट गर्ने कार्यक्रम शुरु गरेको उपमहानगरपालिका परिषद् सदस्य विनिता वज्रचार्यले बताइन् । हाल देखा परेको डेंगु प्रकोपलाई बेलैमा समाधान गर्न नसके बर्षा शुरु भएपनि झन बढी पानी जम्ने भएकोले समस्या हुने अर्का परिषद् सदस्य किशोर परिवारले जानकारी गराएका थिए । यस किसिमको कार्यक्रम एक पटक मात्र गरेर नपुग्ने कम्तिमा हप्ताको एक दिन गर्नु पर्ने टोल उत्थान समूहका अध्यक्ष नरेश शाक्यले सुझाब दिएका छन् ।