धरान: हजारौं रुपैया पर्ने मोवाइल चोरी हुदा मन कटक्क खान्छ । दाम भन्दा पनि मेवाइलमा भएको सम्पर्क नम्बरहरुको माया लाग्छ । त्यो सम्पर्क नम्बर पुनः फेला पार्न कम्ता झञ्झट हुदैन ।

'हराएको वा चोरी भएको मोवाइल फेला पर्ला र ? अहँ, पदैन । त्यै पनि प्रहरीमा उजुरी चै गरिराखौं न त' भनेर धरान १५ की सन्तोषी राईले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिइन् । उनको घरबाटै राती हुवाईकये ३० हजार मुल्यको मोवाइल चोरी भएको थियो । जेठ २१ गते(३ दिन अघि) चोरी भएको उनको मोवाइल प्रहरीले फेला पारेर आजै फिर्ता गरिदियो । चोरी भएको मोवाइल फिर्ता पाउछु भन्ने एक मनमा पनि उनलाई थिएन रे । तर, आज इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले फिर्ता गराए ।

IMG_8329

मोवाइल फिर्ता दिदै गर्दा डिएसपी न्यौपानेले उनलाई सोधे,‘मोवाइल भेटिन्छ, फिर्ता हुन्छ भन्ने लाग्या थियो ?’ जवाफमा उनले भनिन्,‘अहँ, थिएन ।’ मोवाइल पाएपछि उनी खुशी देखिइन् । यसरी हराएको वा चोरी भएको मोवाइल फिर्ता पाउदा खुशी हुने सन्तोषी एक जना मात्र होइनन् । आज इलाका प्रहरी कार्यालय धरानले जम्मा १२ जनाको मोवाइल खोजी गरेर फेला परेपछि फिर्ता दिएको छ । मोवाइल फिर्ता पाउदा सबै दंग थिए ।

डिएसपी न्यौपानेका अनुसार विभिन्न मितिमा मोवाइल हराएको निवेदन परेपछि आइएमइआई नम्बरको आधारमा ट्रेस गरी मोवाइल पत्ता लगाएको हो । डेढ महिनाको अवधिमा निवेदन परेपछि खोजी गर्दा फेला परेको १२ वटा मोवाइल फिर्ता गरिएको डिएसपी न्यौपानेले बताए । ‘२०७५ साउन यता २०४ वटा निवेदन परेको थियो, आजसम्म ६७ वटा भेटेर फिर्ता दिइसक्यौं,’डिएसपी न्यौपानेले भने,‘आज १२ वटाको मात्र मुल्य हिसाब गर्दा २ लाख ६९ हजार ८ सय हुन्छ ।’ उनले सिडिआर सेक्सन अलग्गै बनाएर मोवाइल चोरीको घटनालाई प्रभावकारीरुपमा अनुसन्धान गर्ने पनि बताए ।

IMG_8327