झापा: झापाको दमक नगरपालिका १ फागुनन्द चोकबाट बिहिवार साँझ सालकको खपेटासहित एक जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय दकमबाट खटिएको प्रहरी टोलीले पाँचथरको फाल्गुनन्द गाउँपालिका ५ का ३० बर्षीय सुरज चेम्जोङलाई ३५० ग्राम लोपोन्मुख वन्यजन्तु सालकको खपेटा सहित पक्राउ गरेको हो । पक्राउ परेका चेम्जोङलाई ईलाका प्रहरी कार्यालय दमकमा राखि थप अनुसन्धान भईरहेको छ । तस्बिर स्रोत: गुगल