झापा: झापाको मेचीनगर नगरपालिका ६ बाट प्रहरीले बिहिवार साँझ अन्दाजी ७५ हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा भन्सार छलि गरी भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी ७५ हजार मूल्य बराबरको बिभिन्न किसिमका किराना तथा हार्डवयरका समानहरु बरामद गरेको हो । बरामद गरेको उक्त परिमाणको सामान आवश्यक कारवाहीको लागि आज मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईने ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।