धरान: टप युनिर्भसल एकेडमीले अतिरिक्त कृयाकलाप अर्न्तगत शुक्रबार महिला फुटसल र पुरूष फुटबल खेल सम्पन्न गरेको छ ।

बृज कोर्ष अध्ययनरत विधार्थीहरू बिच गराइएको प्रतियोगितामा महिला फुटसल र पुरूष फुटबल दुवैमा “विज्ञान संकाय क” समुह विजयी बनेको छ । धरान १५ स्थित बिगफुट फुटसलमा सम्पन्न महिला फुटसल प्रतियोगिताको फाइनलमा “विज्ञान संकाय ख” समुहलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गर्दै “विज्ञान संकाय क” समुह विजेता बनेको हो । फुटसल प्रतियोगीताको पहिलो खेलमा “विज्ञान संकाय क” समुहले “नर्सिङ संकायका ख” समुहलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । दोश्रो खेलमा “विज्ञान संकाय ख” समुहले “नर्सिङ संकायका क” समुहलाई ३-० गोल अन्तरले पराजित गर्दा तेश्रो खेलमा “विज्ञान संकाय क” समुहले “विज्ञान संकाय अर्को कक्षाको क” समुहलाई ३-० गोल अन्तरले नै पराजित गरेको थियो ।

IMG_8476

जितमा “विज्ञान संकाय क” का खेलाडी लोजी लिम्बुले ३ खेलमा एक्लैले ८ गोल गरेका थिए । फुटसल खेललाई रेफ्री पवन लिम्बुले संचालन गरेको थियो । आजै भएको पुरूष फुटबलको फाइनलमा विज्ञान संकाय क समुहले विज्ञान संकाय ख समुहलाई २-० गोल अन्तरले पराजित गरेको थियो । विपी प्रतिष्ठानको २ नं खेलमैदानमा सम्पन्न प्रतियोगिताको पहिलो खेलमा विज्ञान संकाय कू समुहले व्यवस्थापन संकायलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

विज्ञान संकाय ख समुह भने बाईमा परेर स्वत फाइनलमा प्रवेश गरेको थियो । फुटबल खेलमा मुख्य रेफ्री सन्जय लिम्बु, लाईन्समेनमा अनिश थापामगर र सुजन राई र चौथो अफिसलमा जनकराज सुनुवार रहेका थिए । विजेताहरूलाई विदाई कार्यक्रमका बेला पुरस्कार वितरण गरीने एकेडमीका अध्यक्ष प्रकाश लकान्द्रीले बताए ।

IMG_8463 IMG_8414