इनरुवा: नेपाली कांग्रेसका उपसभापती बिजयकुमार गच्छदारले वर्तमान सरकारले काम भन्दा आश्वासन मात्र बाढेको आरोप लगाएका छन् ।

काग्रेंसको राष्ट्रिय जागरण अभियानलाई शुक्रबार सुनसरीको गढी गाउँपालिकामा सम्बोधन गर्दै नेता गच्छदारले यो आरोप लगाएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तो मुलुकमा भ्रष्टाचार नियन्त्रण नभै झन् बढेको टिप्पणी गरे । उनले भने,‘देशमा भ्रष्टाचार नियन्त्रण भएको छैन । थियो भने वाईड वडी कहा गयो ? वाईडवडी प्रकरण आकाशमा बिलायो ? सुनका अपराधीहरु खोज्दै जादा ठुलो माछा भनेर भनिएका ठुला अपराधी को हुन ? प्रधानमन्त्रीले बताउन सकेको छैन ।’

वर्तमान सरकारले नागरिकलाई उपेक्षा गरेको आरोप लगाउदै उनले सरकारको शैलीलाई नेपाली काग्रेंसले स्वीकार नगर्ने पनि बताए । उनले प्रतिपक्षी दलको तर्फबाट सरकारलाई रचनात्मक समर्थन रहेको भएपनि सार्वभौम संसद, संविधान र लोकतान्त्रिक पद्दतिलाई कमजोर बनाउने, स्वतन्त्र न्यायलयमाथि र प्रेसमाथिको हस्तक्षेपलाईलाई स्वीकार्य नहुने बताए । लोकतान्त्रिक मान्यता विपरीत काममा सरकार उद्दत रहेको नेता गच्छदारले दावी गरे । सुनसरीको गढी गाउँपालिकाको औरावनीमा नेपाली कांग्रेसको जागरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली कांग्रेस गढीको आयोजनामा भएको कार्यक्रममा पार्टीका उपसभापती विजयकुमार गच्छदारसहित जिल्ला सभापति तथा प्रदेश १ का प्रतिपक्षी दलको नेता राजिव कोईराला, प्रदेश सांसद अगललाल चौधरी, नेपाली काग्रेंसका प्रदिप चौधरी, जिसस सुनसरीका प्रमुख गोपालराज भण्डारी, गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादव, बर्जुका अध्यक्ष रधुनन्दन चौधरी, इनरुवा नगरपालिकाका उपप्रमुख जमुना गौतम पोखरेल, गढीकी उपाध्यक्ष राजकुमारी चौधरी लगायतको उपस्थित रहेको थियोे ।

सहभागीले हिमाल,पहाड,तराई मधेस नेपाली काग्रेस राष्ट्रिय जागरण अभियानले वर्तमान सरकारले गरेको नराम्रो कामको भण्डाफोर गर्नुपर्नेमा जोड दिएका छन । कार्यक्रममा पूर्व सभासद सुमित्रा थरुनि, नेता मेहिदिन हुसेन, महिला संघकी अध्यक्ष विजिया कटुवाल, पार्टीको जानप्रतिनिधिहरुको समेत उपस्थित रहेको थियो । कार्यक्रमको उदघोषण तथा सञ्चालन नेता विरेन्द्र शाहले गरेका थिए । नेपाली कांग्रेसले नयाँ कार्यशैलीकासाथ ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ वैशाख २५ गते सुरू भएको र वर्षभरी कार्यक्रम गर्ने भएको छ । कांग्रेसले बीपी जयन्तीको अवसर पारेर भदौ २४ बाट दोस्रो चरणको र पुष ७ गतेबाट तेस्रो चरणको जागरण अभियान सञ्चालन गरिने गच्छदारले जानकारी दिए ।

गच्छदारले नागरिकको अधिकारलाई सुनिश्चितता गर्ने ,सरकारले गरेको नकारात्मक कुराको भणडाफोर गर्ने ,अधिकारको परित्याभुति र पार्टीको अवस्था र रणनीतिको बारेमा जानकारी गराउने गरि कार्यक्र गरेको बताए । अधिवक्ता लखनलाल यादवले विकासको कमसलताले नागरिकको मनमा संका रहेकोले जागरण अभियानमा पार्टी लागेको जानकारी दिनुभयो । महिलाको उत्साहजनक सहभागीता रहेको कार्यक्रममा नेकालाई बलियो बनाउन आहवान समेत गरेको थियो ।